Monday, 02 October 2023
१५ असोज २०८०, सोमवार
खेलकुद

 आईपीएल टी-ट्वान्टी क्रिकेटमा लखनउको तेस्रो जित

२४ चैत २०७८, बिहिवार

काठमाडौं - दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लखनउ सुपर जायन्ट्सले जित निकालेको छ ।

बिहिवार दिल्लीले दिएको १५० रनको लक्ष्य लखनउले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍याे । लखनउको जितमा क्विन्टन डी ककले  सर्वाधिक ८०  बनाए  ।  यस्तै कप्तान केएल राहुलले २४ रनको योगदान गरे । 

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १४९ रनको योगफल तयार पारेकाे थियाे । दिल्लीका  पृथ्वी शले सर्वाधिक ६१ रन बनाए   । यस्तै  ऋषव पन्तले ३९ र सर्फराज खानले ३६ रनको योगदान गरे । 

जितसँगै लखनउले ४ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ । दिल्ली ३ खेलबाट २ अंक जोडेर सातौं स्थानमा  छ ।