Monday, 02 October 2023
१५ असोज २०८०, सोमवार
खेलकुद

आईपीएलमा गुजरातको लगातार तेस्रो जित

२५ चैत २०७८, शुक्रवार

काठमाडौं, २६  चैत -पन्जाब किङसलाई ६ विकेटले हराउँदै गुजरात टाइटन्सले  इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२०  क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ  ।मुम्बईमा शुक्रबार राति पन्जाबले दिएको १९० रनको लक्ष्य गुजरातले २० ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍याे । गुजरातको जितमा सुबमन गिलले सर्वाधिक ९६ रन बनाए । पन्जाबका कागिसो राबडाले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १८९ रन बनाएकाे थियाे । पन्जाबका लियाम लिभिङस्टोनले सर्वाधिक ६४ रन बनाए ।  गुजरातका राशिद खानले ३  विकेट लिए ।जितसँगै गुजरात ३ खेलमा ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पन्जाब ४ खेलमा २ अंक जोडेर छैटौं स्थानमा  छ ।