Monday, 02 October 2023
१५ असोज २०८०, सोमवार
खेलकुद

आइपिएल: कोलकाताले चेन्नईलाई हरायो

१२ चैत २०७८, शनिवार

काठमाडौं, १३ चैत-इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो खेलमा शनिबार कोलकाता नाइड राइर्डर (केकेआर) ले चेन्नई सुपर किंङ्स (सिएसके) लाई ६ विकेटले पराजित गरेको छ ।
वान्खडे क्रिकेट रंगशालामा सिएसकेले दिएको एक १३२ रनको लक्ष्य केकेआरले १८ ओभर ३ बलमा चार विकेट गुमाएर भेट्टायो ।

केकेआरको जितमा ओपनर अजिक्या राहानेले सर्वाधिक ४४ रन बनाए । उनले ३४ बलमा चार चौका र एक छक्का प्रहार गरेका थिए । यस्तै, साम बिलिङले २५, नितिश राणाले २१ र कप्तान श्रेयस ऐयरले २० रन जोडे ।सिएकेका ड्वेन ब्राभोले तीन विकेट लिए । यसबाहेक, मिचेल स्यान्टनरले एक विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङमा आएको सिएसकेले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १३१ रनको योगफल खडा गरेको थियो ।चेन्नईको ब्याटिङमा महेन्द्रसिंह धोनीले सर्वाधिक ५० रन बनाएका थिए । उनले ३८ बलमा सात चौका र एक छक्का प्रहार गरेका थिए । यसबाहेक, रोविन उत्थपाले २८, कप्तान रविन्द्र जडेजाले २६ र अम्बती रायडुले १५ रन जोडेका थिए ।केकेआरका उमेश यादवले दुई विकेट लिएका थिए । यस्तै, वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान एक विकेट लिएका थिए ।