Monday, 25 September 2023
८ असोज २०८०, सोमवार

आजका मुख्य १० समाचार

२९ फागुन २०७८, आइतवार

१> नेताहरु मिलेर देश नै बेच्न लागीसके : भिम रावल

नेकपा एमालेका संसद  भिम रावलले नेताहरु मिलेर नेपाल देश नै बेच्न् लागेको गम्भीर आरोप लगाएका छन्।  संसद  बैठक पछि पत्रकारहरु संग  कुरा गर्दै  रावलले , एमसीसी पास गर्ने भित्रि योजना भित्र देश नै लिलामीमा राखेर नेपाल  माथि गम्भीर प्रकारको षड्यन्त्र रहेको खुलासा गरेका छन्। 

२ > कांग्रेसको निर्बाचन केन्द्रित अभियान सुरु

३ >माधव नेपालसहित १४ सांसदको मुद्दामा चैत २० गते पूर्ण सुनुवाइ हुने। 

नेकपा एमालेले माधवकुमार नेपालसहितका १४ सांसदलाई गरेको कारबाहीसम्बन्धी मुद्दमा चैत २० गतेदेखि पूर्ण सुनुवाइ हुने भएको छ ।

४ >रोनाल्डोको ह्याट्रिकमा युनाइटेडको जित

 क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा शनिबार राति टोटनहम हट्सपरलाई ३-२ ले पराजित गरेको छ ।

५ >पिर लाई लिएर माओबादि नेताहरु सामाजीक संजालमा आक्रोस पोख्दै

६ >प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेश

तिनिधिसभाको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव पेश भएको छ 

७ >जनप्रतिनिधिलाई प्रधानमन्त्री देउवाको आग्रह- 'जनताको दुःख हटाउने काम गर्नुस्'

धानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहका जनप्रतिनिधिहरूलाई जनताको दुःख हटाउने गरी काम गर्न आग्रह गरेका छन् । नेपाल नगरपालिका संघको २९ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले स्थानीय तहका गतिविधि हेरेर नै जनताले सरकारप्रतिको धारणा बनाउने बताए ।

८ >भन्सार छलीका एक करोड ६० लाख बराबरको सामान बरामद

भन्सार छलेर ल्याइएको ठूलो परिमाणको मेडिकल सामग्री तथा खुद्रा मालवस्तु प्रहरीले बरामद गरेको छ। 

पर्सा प्रहरीले शनिबार राति वीरगञ्ज महानगरपालिका-१४ गण्डक सडकखण्डबाट एक करोड ६० लाख मूल्य बराबरको सामान बरामद गरेको हो। 

९ >आज फेल भए भोलि ट्रायल दिने व्यवस्था गर्छौं : मुख्यमन्त्री पाण्डे

 बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा भइरहेको ढिलाइ छिटै अन्त्य गर्ने बताएका छन् ।

आइतबार बागमती प्रदेशसभामा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले ट्रायल सेन्टरहरु बढाउने गरी कार्यविधि पास गरिसकेको बताए ।

१० >विकासका आधारमा यी हुन् देशका सात उत्कृष्ट नगरपालिका

संघको मूल्याङ्कन अनुसार स्याङ्जाका दुई नगरपालिका संस्थागत विकासतर्फ उत्कृष्ट भएका छन्। स्याङ्जाको पुतलीबजार र वालिङ नगरपालिकाले संस्थागत विकासतर्फको पुरस्कार पाएका हुन्। 

पतुलीबजारकी प्रमुख सीमा क्षेत्री र वालिङका दिलिप खाँणले पुरस्कार ग्रहण गरेका छन्। 

त्यस्तै पूर्वी नेपालकै सुन्दर इलाम सदरमुकामस्थित इलाम नगरपालिकाले पनि पुरस्कार जितेको छ। 

वन, वातावरण र जलवायु परिवर्तन तथा उत्थानशीलतामा उत्कृष्ट काम गरेको भन्दै इलाम नगरपालिकालाई पुरस्कृत गरिएको हो। इलाम नगरपालिकाका मेयर महेश बस्नेतले उत्कृष्ट पुरस्कार ग्रहण गरे।