बढ्यो सुनको मुल्य , कति पुग्यो तोलामा?
९ चैत २०७८, बुधवार
९ चैत २०७८, बुधवार
काठमाडौँ, १० चैत-नेपाली बजारमा बिहीबार सुनकाे मूल्य एक हजार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ताेलाको एक लाख तीन सय रुपैयाँमा काराेबार भएको छ ।
बुधबार सुन तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेको छ । बुधबार एक हजार तीन सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ७५ रुपैयाँ कायम भएको छ ।
© 2022 Live Nepal News
Designed by : Global Studio