Monday, 25 September 2023
८ असोज २०८०, सोमवार
इतिहास र अनुभूति

भारतमा थप २८ सय कोरोना सङ्क्रमित थपिए, ९८ जनाको मृत्यु

२ चैत २०७८, बुधवार

नयाँ दिल्ली, २ चैत - भारतमा कोरोनाभाइरसका कारण थप दुई हजार ८७६ जना सङ्क्रमित भएका छन् ।     सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या चार करोड २९ लाख ९८ हजार ९३८ पुगेको छ । संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ३२ हजार ८११ मात्रै रहेको जनाएको छ । 

भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण पाँच लाख १६ हजार ७२ जनाको मृत्यु भएको छ । ती मध्ये ९८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।     सोही अवधिमा तीन हजार ८८४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २४ लाख ५० हजार ५५ पुगेको छ ।