बेलायतले पनि लगायो पुटिनका छोरीमाथि प्रतिबन्ध
२५ चैत २०७८, शुक्रवार
२५ चैत २०७८, शुक्रवार
लन्डन, २६ चैत-बेलायतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरुलाई प्रतिबन्धको सूचीमा राखेको छ । रुसले युक्रेन हमला गरेको भन्दै बेलायतले पुटिनका छोरीहरुलाई प्रतिबन्धको सूचीमा राखेको हो । बेलायतले पुटिनका वयस्क छोरी कातेरिना तिखोनोभा र मारिया भोरोन्तोभा, विदेशमन्त्री सर्गेई लाभरोभकी छोरी सर्गेइभना विनोकुरोभाको सम्पत्ति रोक्का गर्ने घोषणा गरेको हो ।
तीनै जनालाई यस साताको सुरुमा अमेरिकाले प्रतिबन्ध लगाएको थियो । रुसी राष्ट्रपतिका भित्रि वृत्तका मानिसहरुलाई प्रतिबन्ध लगाउने पहलस्वरुप बेलायतको पछिल्लो कदम आएको हो । युक्रेनमा रुसले हमला सुरु गरेपछि बेलायतलगायत पश्चिमा देशहरुले मस्कोमाथि प्रतिबन्ध लगाउँदै आएका छन् ।
© 2022 Live Nepal News
Designed by : Global Studio