ब्याख्यात्मक घोषणा कार्यन्वयन नभए आन्दोलन : प्रचण्ड
२८ फागुन २०७८, शनिवार
२८ फागुन २०७८, शनिवार
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीको व्याख्यात्मक घोषणासहित कार्यान्वयन नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् । पार्टी कामको शिलशिलामा
आज विराटनगर पुगेका प्रचण्डले पत्रकारहरुसग कुरा गर्दै एस्तो चेतावनी दिएका हुन् ।
‘व्याख्यात्मक घोषणासहित एमसीसी कार्यान्वयनमा जानुपर्छ,’ प्रचण्डले भने,‘नत्र फेरि आन्दोलनमा जाने अवस्था हुनसक्छ । हामी चाहन्छौं त्यस्तो नहोस् ।’ व्याख्यात्मक घोषणा एमसीसीकै अंगका रुपमा रहेको भन्दै प्रचण्डले त्यस्लाई मिनिमाइज गर्न खोजिए त्यसविरुद्ध आन्दोलनमा जान वाध्य हुने बताए ।
एमसीसीको विषयमा पार्टीभित्र विवाद रहेकोबारे पत्रकारले प्रश्न सोध्दा उनले स्थानीय निकायको चुनावपछि मात्र यसबारे छलफलमा जाने सहमति बनेको बताए । उनले भने,‘सिंगो पार्टी एकमत भएर चुनावमा जाने कुरा भैईसकेको छ अहिले एमसिसिको बारेमा पार्टी भित्र बिबाद छैन ।’अब चुनाव आफ्नै शक्तिले जित्ने भन्दै राजनीतिक लेनदेनका आधारमा गठबन्धन भित्रै तालमेल पनि हुनसक्ने उनले थपें ।
© 2022 Live Nepal News
Designed by : Global Studio