चुनावी तालमेल गर्ने नगर्ने केन्द्रीय समितिले निर्णय गर्छ - कांग्रेस उपसभापति खड्का
२५ फागुन २०७८, बुधवार
२५ फागुन २०७८, बुधवार
काठमाडौं - नेपाली कांग्रेसले गठबन्धनसँग चुनावी तालमेल गर्ने नगर्ने विषयमा केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने भएको छ ।
पार्टी कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनसँग चुनावी तालमेल गर्ने नगर्ने विषयमा केन्द्रीय समिति बैठकले निर्णय गर्ने जानकारी दिएका हुन् ।
पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको पत्रकार सम्मेलनमा महामन्त्री विश्वप्रकाश शर्मा, प्रवक्ता डा. प्रकाशशरण महत र उपसभापति खड्का उपस्थित थिए ।
सभापति देउवाले चुनावसम्म गठबन्धन रहने बताइसकेको जानकारी दिएका उपसभापति खड्काले चुनावी तालमेलका विषयमा भने केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताए । ‘गठबन्धनमा चुनावी तालमेल गर्ने विषयमा केन्द्रीय कार्यसमितिको बैठक बसेर निर्णय गर्छाैं,’ उनले भने, ‘अहिले नै तामेल गर्ने नगर्नेभन्दा अपरिपक्व हुन्छ ।’
२९ फागुनदेखि २९ चैतसम्म पहिलो चरणको अभियानका साथ कांग्रेस चुनावी तयारीमा होमिने उपसभापति खड्काले बताए । आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तोेकिएको छ ।
© 2022 Live Nepal News
Designed by : Global Studio