च्याउ खेतीप्रति मुगुका महिलाकाे आकर्षण
२४ चैत २०७८, बिहिवार
२४ चैत २०७८, बिहिवार
मुगु, २५ चैत -मुगुका महिलाहरू च्याउ खेतीमा आकर्षित भएका छन् । मा रमाउन थालेकि छन् । परम्परागत रूपमा गरिएका कृषिले जीविकोपार्जन गर्नै मुस्किल हुन थालेपछि मुगुका धेरै किसान व्यावसायिक खेतीतर्फ आकर्षित हुनथालेका छन् ।
छायाँनाथ रारा नगरपालिका–६ का महिलाहरूले समूह नै बनाएर च्याउ खेती सुुरु गरेका छन् । नयाँ कृषिकर्मबाट आत्मनिर्भर बन्न सहज हुने अपेक्षा समूहमा आबद्ध महिलाले गरेका छन् । च्याउ खेती सुरु गरेपश्चात आधारभूत आवश्यकता टार्नेदेखि अतिरिक्त आम्दानी हुने उनीहरू आशावादी छन् । उनीहरूले च्याउ खेतीसँगै परम्पराग बालीलाई पनि निरन्तरता दिँदै आएको धनलक्ष्मी भामले बताइन् ।
मुगुमो च्याउको प्रतिकिलो पाँच सय रुपैयाँका किनबेच हुने गरेको छ । मुगुको हावापानी च्याउका लागि उपयुक्त रहेको विज्ञहरू बताउँछन् । प्राविधिक दृष्टिले मुगुमा च्याउ खेती गर्न फागुनदेखि भदौसम्मको समय ठिक हुने उनीहरूको भनाइ छ ।
© 2022 Live Nepal News
Designed by : Global Studio