Sunday, 11 June 2023
२८ जेठ २०८०, आइतवार
अर्थ

एक लाख नाघेको सुनको मूल्य आज पनि ह्वात्तै बढ्यो

२५ फागुन २०७८, बुधवार

काठमाडौँ - नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला दुई हजार पाँच सय रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख पाँच हजार पाँच सय रुपैयाँ  कायम भएको छ ।

मंगलबार छापावाल सुन तोलाको एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य तोलाको एक लाख पाँच हजार रुपैयाँ निर्धारण भएको छ ।  

आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ । मंगलबार एक हजार चार सय १० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार चार सय ५० रुपैयाँ कायम भएको छ ।