Monday, 25 September 2023
८ असोज २०८०, सोमवार
राजनीति

एमालेले बोलायो सचिवालय बैठक

३० फागुन २०७८, सोमवार

काठमाडौं, ३० फागुन-नेकपा एमालेले मंगलबारका लागि सचिवालय बैठक बोलाएको छ ।केन्द्रीय कमिटी बैठकका अजेन्डा तय गर्न मंगलबार दिउँसो ३ बजेका लागि केन्द्रीय सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

सोमबार बसेको केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल गरेको हो ।स्थानीय तह निर्वाचनको कार्ययोजना तय गर्न केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी एमालेको छ ।