फ्रान्कफुर्टसँग रोकियो बार्सिलोना, अर्को खेल १५ अप्रिलमा
२४ चैत २०७८, बिहिवार
२४ चैत २०७८, बिहिवार
काठमाडौं - युइएफए युरोपा लिग फुटबल अन्तर्गत बिहीबार भएको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना फ्रान्कफुर्टसँग १-१ गोल अन्तरले बराबरीमा रोकिएको छ । खेलमा पहिलो गोल घरेलु टोली फ्रान्कफुर्टले गर्याे । भ्रमणकारी टोली बार्सिलोनाले खेल बराबरी ल्याएको हो ।
४८औं मिनेटमा एन्स्गर नौफले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ६६ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई बराबरी स्थितिमा ल्याए ।
खेलको ७८ औं मिनेटमा टुटाले रातो कार्ड पाएपछि फ्रान्कफुर्ट १० खेलाडीमा समेटिएको थियो । अब बार्सिलोना र फ्रान्कफुर्टबीचको दोस्रो लेग १५ अप्रिलमा बार्सिलोनाको मैदानमा नोउ क्याम्पमा हुनेछ ।
© 2022 Live Nepal News
Designed by : Global Studio