Monday, 02 October 2023
१५ असोज २०८०, सोमवार
खेलकुद

फ्रान्स र स्पेनको सानदार जित

१५ चैत २०७८, मङ्गलवार

काठमाडौं, १६ चैत  -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मंगलबार राति विश्वका महारथी राष्ट्र फ्रान्स र स्पेनले सानदार जित निकालेका छन् । फ्रान्सले दक्षिण अफ्रिकामाथि ५–० अन्तरको फराकिलो जित निकाल्यो ।

फ्रान्सको एकपक्षीय जितमा युवा स्टार केलियन एमबाप्पेको दुई तथा ओलिभर जिरुड, विसाम विन यडर र माटियो गुइडोजीले समान एक गोल  गरे ।यस्तै अर्को खेलमा स्पेनले आइसल्यान्डमाथि ५–० अन्तरको विशाल जित निकाल्यो  । स्पेनको जितमा अल्भारो मोराटा र  पाब्लो सारावियाले समान दुई गोल गरे भनेयारेमी पिनोले एक गोल गरे ।