फुटबलर सुजललाई पुत्रीलाभ
२४ फागुन २०७८, मङ्गलवार
२४ फागुन २०७८, मङ्गलवार
काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर सुजल श्रेष्ठलाई पुत्रीलाभ भएको छ । सोमबार सुजलकी पत्नी सालिका चन्द ठकुरीले नेपाल मेडिसिटी अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । सुजल र सालिकालाई विवाह बन्धनमा बाँधिएको सात वर्षपछि पहिलो सन्तानको रुपमा पुत्रीलाभ भएको हो । ‘
सात वर्षपछि पुत्रीलाभ भएको छ ।’ सुजलले न्युज कारखानासँग भने । सुजलकै कप्तानीमा मछिन्द्र क्लबले दोस्रोे पटक सहिद स्मारक ए डिभिजन लिग २०७८ को उपाधि रक्षा गरेको थियो ।
यस्तै, नेपालले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को फुटबलमा स्वर्ण पदक जित्दा सुजलले नै नेपाली टोलीको कप्तानी सम्हालेका थिए ।
© 2022 Live Nepal News
Designed by : Global Studio