Monday, 25 September 2023
८ असोज २०८०, सोमवार
अर्थ

ग्रीन भेन्चर लिमिटेडको आईपीओमा दुई दिनमै साढे चार गुणा अधिकको आवेदन 

९ चैत २०७८, बुधवार

काठमाडौं, १० चैत -ग्रीन भेन्चर लिमिटेडको आईपीओको दोस्रो दिनमा साढे चार गुणा बढीको आवेदन परेको छ । कम्पनीको ८ चैत्रदेखि  ३१ लाख २५ हजार कित्ता साधारण सेयर आईपीओ खुलेकोमा दुई दिनमा ४.६३ प्रतिशत आवेदन परेको हो ।सीडीएससीका अनुसार दुई दिनमा एक अर्ब ३३ करोड नाै लाख रुपैयाँ बराबरको एक करोड ३३ लाख नाै हजार  ३९० कित्ता सेयर आवेदन परेको छ ।

११ चैतसम्म आवेदन दिन सकिनेछ । ११ चैतलाई अन्तिम दिन तोकिएको आईपीओ आवेदन दिने समय अब दुई दिन बाँकी छ । कम्पनीले आईपीओमध्ये तीन प्रतिशतले हुने ९३ हजार ७५० कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशतले हुने एक लाख ५६ हजार २५० कित्ता सेयर मिच्युल फण्डलाई बाँडफाँड गरिनेछ ।