घट्न थाल्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
८ चैत २०७८, मङ्गलवार
८ चैत २०७८, मङ्गलवार
काठमाडौँ - सुनको भाउ बुधबार एक हजार एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँ कायम भएको छ ।
यसअघि, मंगलबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ ताेकिएकाे छ ।
चाँदीको भाउ पनि प्रतितोलमा २५ रुपैयाँले घटेको छ । मंगलबार एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ७० रुपैयाँ निर्धारण गरिएकाे छ ।
© 2022 Live Nepal News
Designed by : Global Studio