Monday, 25 September 2023
८ असोज २०८०, सोमवार
अर्थ

घट्यो सुनको मूल्य ,तोलामा कति पुग्यो ?

२९ फागुन २०७८, आइतवार

काठमाडौँ, ३० फागुन-सुनको भाउ सोमबार तोलामा पाँच सय रुपैयाँले घटेकाे छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार तीन सय रुपैयाँमा काराेबार भइरहेकाे छ । यसअघि,आइतबार सुन तोलाको एक लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार आठ सय रुपैयाँ ताेकिएकाे छ ।  चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । आइतबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४१५ रुपैयाँमा निर्धारण भएको छ ।