हामी हाम्रै तागतमा चुनाब जित्छौं : प्रचण्ड
२७ फागुन २०७८, शुक्रवार
२७ फागुन २०७८, शुक्रवार
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै तागतमा निर्वाचन लड्ने बताएका छन् । आज नुवाकोट पुगेको बेलामा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘अहिले हाम्रो पार्टी पनि निर्वाचनमा होमिएको छ ।
निर्वाचन केन्द्रित दुई महिने अभियान लिएर जाँदैछौं । एमसीसीलाई लिएर फेरि विभाजित हुने हो कि भन्ने चर्चा उठे पनि हामीले केन्द्रीय कमिटीमा पनि यो विषयमा छलफल गरेका छौं , सम्पूर्ण रुपमा चुनावमा केन्द्रित भएर जानुपर्छ । अभियान पनि देशव्यापी रुपमा चल्नुपर्छ। पार्टीलाई विजयी बनाउने योजना छ ।’उनले आफूहरुले आफ्नै खुट्टामा उभिएर र आफ्नै तागतमा उभिएर चुनाव जित्ने कुरालाई प्राथमिकता दिएको पनि बताए । उनले भने,‘हामी आफ्नै तागतमा चुनाव लड्छौं । तर, तालमेल गर्दा गठबन्धनकै बीचमा जोड गर्ने भन्ने छ ।
उनले पार्टीका स्वर्गी नेता पोष्टबहादुर बोगटीलाई सरल मिलनसार व्यक्तित्वको धनी भनेर चित्रण गरे । उनले भने,‘पोष्टबहादुर बोगटी, देशकै लोकप्रिय नेताको रुपमा स्थापित हुनुहुन्थ्यो । नेपाली जनताको सर्वोच्च हितको लागि जीवन समर्पित गर्नुभयो । सरल र मिलनसार व्यक्तित्व हुनुहुन्थ्यो ।
© 2022 Live Nepal News
Designed by : Global Studio