Monday, 25 September 2023
८ असोज २०८०, सोमवार
राजनीति

जनता समाजबादीले उम्मेदवारको योग्यता र छनौट गर्ने तरिका टुंगो लगायो

२९ फागुन २०७८, आइतवार

 जनता समाजवादी पार्टी (जसपा) ले स्थानीय तह निर्वाचनमा उम्मेदवारको योग्यता र छनौट गर्ने तरिका टुंगो लगाएको छ ।

स्थानीय तह निर्वाचन निर्देशिका अनुसार जुन पदमा उम्मेदवारी दिने हो, सो तहको पार्टी समितिले सम्भावित तीन जनासम्मको नाम सिफारिस गर्नुपर्ने हुन्छ । सिफारिस गरिएका नाममा सम्बन्धित आफ्नो समितिमा छलफल गरी निर्णय गर्नुपर्ने छ ।

 

छलफलमा कुनै निष्कर्ष ननिस्किए एक तह माथिल्लो समितिमा निर्णयार्थ पठाउनुपर्ने निर्देशिकामा उल्लेख छ । त्यसरी पठाइएका सिफारिस उपर माथिल्लो समितिले सम्बन्धित स्तरको गाउँ, नगर र वडाको वस्तुस्थिति, उम्मेदवारको अवस्था, पार्टीको अवस्था र अन्य प्रतिस्पर्धी दलको अवस्थाको मूल्यांकन गरी उम्मेदवारको छनोट गर्नुपर्ने विधि बनाइएको छ ।