Monday, 02 October 2023
१५ असोज २०८०, सोमवार
इतिहास र अनुभूति

जापानका प्रधानमन्त्री शनिबार भारत आउने, मोदीसँग पहिलो पटक भेट गर्दै

३ चैत २०७८, बिहिवार

नयाँ दिल्ली, ३ चैत -जापानका प्रधानमन्त्री फुमिओ किशिदा आगामी शनिबार भारत भ्रमणमा आउनुहुने भएको छ । दुई दिने भ्रमणका लागि उहाँ शनिबार भारतको संघीय राजधानी नयाँ दिल्ली उत्रिनु हुने अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । भ्रमणका क्रममा उहाँले १४ औँ भारत—जापान बार्षिक सम्मेलनसमेतमा सहभागीता जनाउनुहुने बताइएको छ ।

साप्ताहिक पत्रकार सम्मेलनका क्रममा भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बगाचीले बिहीबार यस्तो जानकारी दिनुभएको हो । उहाँका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जापानको प्रधानमन्त्रीका रूपमा किशिदासँग पहिलो पटक भेटवार्ता गर्नुहुने भएको छ । हरेक बर्ष आयोजना गरिने भारत—जापान बार्षिक सम्मेलनको १४औँ संस्करण यही मार्च १९ मा नयाँ दिल्लीमा हुन लागेको छ । यसअघिको बार्षिक सम्मेलन भने जापानको राजधानी टोकियोमा भएको थियो ।

अहिले हुने दुई पक्षीय उच्चस्तरीय भेटवार्तामा पनि आपसी चासो, सरोकार र आपसी हितकै विषयमा कुराकानी हुने उहाँले जानकारी दिनुभयो । भारत र जापानबीच बहुपक्षीय सम्वन्ध र सहकार्य हुदै आएकाले त्यसलाई थप मजबुद बनाउने बारेमा पनि उहाँहरूले छलफल गर्नुहुने भारतको विदेश मन्त्रालयले जनाएको छ ।