जर्मन फुटबल क्लब पिएसजिका अध्यक्ष र निर्देशक माथि छानबिन सुरु
२७ फागुन २०७८, शुक्रवार
२७ फागुन २०७८, शुक्रवार
पेरिस सेन्ट जर्मेनका अध्यक्ष नासेर अल–खेलाफी र खेलकुद निर्देशक लियोनार्डोमाथि यूईएफएले अनुसन्धान सुरु गरेको छ । बुधबार च्याम्पियन्स लिगको अन्तिम १६ मा रियल म्याड्रिडविरुद्ध हार बेहोरेपछि रेफ्रीसँग विवाद गरेको उनीहरूमाथि आरोप छ ।
बुधबार रियलको घरेलु मैदान स्यान्टियागो बर्नेबाउमा पीएसजीले २–० को अग्रता गुमाउँदै खेल २–३ को अन्तरले हार बेहोरेको थियो । दुई जनाले खेलपछि डच रेफ्री ड्यानी म्याकिलेसँग विवाद गर्न पुगेको आरोप छ ।
युरोपेली फुटबलको नियामक निकायले यसबारे अनुसन्धान सुरु गरेको बताएको छ । रेफ्री म्याकिलेले आफ्नो रिपोर्टमा अल खेलाफी र लियोनार्डोले ड्रेसिङरुमको ढोका छेकेर विवाद गरेका थिए । यूईएफएले यसलाई ‘खेलाडी र अधिकारीको गलत व्यवहार’ अन्तरगत कारबाही अघि बढाएको जनाएको छ ।
© 2022 Live Nepal News
Designed by : Global Studio