Monday, 02 October 2023
१५ असोज २०८०, सोमवार
राजनीति

कांग्रेसको निर्बाचन केन्द्रित अभियान सुरु

२८ फागुन २०७८, शनिवार

सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन लक्षित अभियान ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’अभियान  आइतबारदेखि सुरु गर्दैछ। 

७७ वटै जिल्लामा सुरु हुन गइरहेको निर्वाचनलाई लक्षित अभियान ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ एक महिनासम्म चल्ने छ।  

 

अभियानका लागि कांग्रेसले देशका ७७ वटै जिल्लाहरुमा केन्द्रीय सदस्यहरु खटाएको छ। कांग्रेसले प्रतिनिधिका रूपमा खटाइएका नेताहरुलाई फागुन २७ गतेभित्र  सम्बन्धित जिल्लामा पुग्न निर्देशन दिएको थियो।

एक महिने अभियानका लागि कांग्रेसले आठ वटा उद्देश्य तय गरेको छ। आठौँ उद्देश्यमा भनिएको छ, ‘करिब करिब राष्ट्रिय सहमतिको स्थिति निर्माण गरेर हालसम्मकै सबैभन्दा ठूलो सहयोग परियोजना एमसीसी कांग्रेस नेतृत्वको वर्तमान सरकारले संसदबाट पारित गरेको हुँदा त्यसबारे जनस्तरमा छरिएका भ्रम बुँदागत रुपमा चिर्दै वास्तविकता प्रष्टसँग राख्ने।’