Monday, 02 October 2023
१५ असोज २०८०, सोमवार
खेलकुद

मलेसियाविरुद्ध नेपाल टस हारेर फिल्डिङ गर्दै

१५ चैत २०७८, मङ्गलवार

काठमाडौं, १६ चैत-त्रिदेशीय अन्तर्राष्ट्रिय टी- २० खेलमा बुधबार मलेसियाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर मलेसियाले ब्याटिङको निर्णय गरेको हो । शृंखलाको यो तेस्रो खेल हो ।

यसअघि भएको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी (पिएनजी)लाई १५ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा मलेसियाले पिएनजीलाई आठ रनले पराजित गरेको थियो ।