Monday, 02 October 2023
१५ असोज २०८०, सोमवार
राजनीति

माओवादीको अर्को केन्द्रीय समिति बैठक जेठ २० मा

२३ फागुन २०७८, सोमवार

काठमाडौं - नेकपा माओवादी केन्द्रको आगामी केन्द्रीय समिति बैठक २०७९ जेठ २० मा बस्ने भएको छ । गत शुक्रबारदेखि बसेको बैठकले केन्द्रीय समितिलाई मात्रै पूर्णता दिएको छ।

अन्य विषयमा छलफल गर्न सो मितिमा बैठक तोकिएको नेता वर्षमान पुनले जानकारी दिए । एमसीसीमा भएको मतभेदलाई दर्ज गरेर राख्ने र अर्को बैठकमा छलफल हुने उनको भनाइ छ ।

आजको बैठकमा प्रचण्डले एमसीसी बारे पछि छलफल गर्ने बताएका थिए ।