Monday, 02 October 2023
१५ असोज २०८०, सोमवार
खेलकुद

मेस्सीको गोलमा अर्जेन्टिनाको सानदार जित

११ चैत २०७८, शुक्रवार

काठमाडौं, १२ चैत-कतार फिफा विश्वकप-२०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीको गोलसँगै भेनेजुएलामाथि ३-० अन्तरको सानदार जित निकालेको छ ।शनिबार बिहान घरेलु मैदानमा अर्जेन्टिनालाई जिताउन निकोलस गोन्जालेज, एन्जल डि मारिया र कप्तान लियोनेल मेस्सीले गोल गरे ।

अर्जेन्टिनाले घरेलु दर्शक माझ पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल थपेको थियो । ३४औं मिनेटमा निकोलस गोन्जालेजको गोलसंगै अर्जेन्टिनाले पहिलो हाफमा १–० को अग्रता बनायो ।  ७९औं मिनेटमा डि मारियाले गोल गरे  ।८२औं मिनेटमा डि मारियाकै पासमा कप्तान लियोनेल मेस्सीले गोल गर्दै अर्जेन्टिनाको सानदार जित निकाले । जितपछि अर्जेन्टिना १६ खेलबाट ३८ अंक जोडेर दोस्रो स्थानमा  छ । पराजित भेनेजुएला १७ खेलबाट १० अंक जोडेर पुछारमा  छ । अर्जेन्टिना भने यसअघिनै विश्वकपमा स्थान बनाइसकेको छ ।