नेपाल र भुटानलाई युक्रेन बनाइदिने भारतीय भुतपुर्ब जनरलको चेतावनी।
२६ फागुन २०७८, बिहिवार
२६ फागुन २०७८, बिहिवार
भारतीय टिभि च्यानल आज तक संग कुरा गर्दै भारतीय भुतपुर्ब जनरलले नेपाललाई युक्रेन बनाइदिने धम्कि दिएका छन्। पत्रकार संग कुरा गर्दै उनले भने यदि नेपालले चीन सग हिमचिम बढाएको खण्डमा नेपालको अवस्था युक्रेनको जस्तै बनाइदिने धम्कि दिएका हुन्। पत्रकारले संयमित हुन र मित्र रास्ट्रहरुलाई धम्कीको भाषा बोलेर बिस्वासमा लिन नसकिने प्रसंग निकाल्दा पनि पनि उनले आफ्नो धम्कीपूर्ण अभिब्याक्ती दिईरहेको सुन्न सकिन्छ। साथै उनले भुटानलाई पनि युक्रेनकै हालत बनाइदिने धम्कीपूर्ण बिवादास्पद अभिब्यक्ती दिएका छन्।
भारतीय भुतपुर्ब जनारलको यो अभिब्याक्तीले दुई देश बिचको कुटनीति मर्यादालाई कत्तिको असर गर्छ भन्ने कुरा हेर्न बाकि छ। भारतीय मिडिया मार्फत बिभिन्न व्याक्तिहरुको यस्ता बिवादास्पद भनाईहरु पटक-पटक आइरहेको पाईन्छ यस्ता अभिव्यक्तिले नेपाल भारतको पररास्ट्र नीतिमा के कस्तो असर पार्छ भन्ने कुरामा पररास्ट्रविदहरुको भनाई आउन बाँकी नै छ। यस्ता धम्कीपूर्ण अभिव्यक्तिप्रति पररास्ट्र मन्त्रालय र नेपाल सरकार गम्भीर हुन जरुरि देखिन्छ।
© 2022 Live Nepal News
Designed by : Global Studio