Monday, 02 October 2023
१५ असोज २०८०, सोमवार
खेलकुद

नेपालका पाँच युवा क्रिकेटलाई बैंगलोरमा क्याम्पको मौका

२६ फागुन २०७८, बिहिवार

काठमाडौं, २७ फागुन -नेपालका पाँच युवा क्रिकेटले भारतको बैंगलोरमा दुई हप्ताको हाइ पर्फमेन्स क्याम्प पाउने भएका छन् ।नेपाल क्रिकेट संघ (क्यान) ले बैंगलोरमा जस्ट क्रिकेट एकेडेमीमा डेब्लोमेन्ट प्रोग्रामअन्तर्गत रहेर प्रशिक्षण गर्ने बताएको छ । 

क्रिकेटर लोकेशबहादुर बम, गुल्सनकुमार झा, कुशल मल्ल, देव खनाल र मोहम्मद आदिल अलामले अवसर पाएका हुन् । खेलाडी आज राति नै त्यसतर्फ प्रस्थान गर्नेछन् ।