नेपालको उत्कृष्ट प्रदर्सन सोमपालले लिए ३ विकेट
४ चैत २०७८, शुक्रवार
४ चैत २०७८, शुक्रवार
आईसीसी विश्वकप लिग टू मा युएईविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।
टस जितेर ब्याटिङ गरेको युएईले सुरुवाती १० ओभर (पावर प्ले)मा ३ विकेट गुमाएर ३५ रन जोडेको छ । नेपाली तीव्र बलर सोमपाल कामीले युएईका शीर्षक्रमका तीन ब्याटरलाई आउट गरे ।
चौथो ओभरमा ओपनर चिराग सुरीलाई ६ रनको व्यक्तिगत स्कोरमा बाउन्सर बलमार्फत विकेटकिपर आरिफ शेखको हातबाट क्याच आउच गराएका सोमपालले ५.१ ओभरमा भृत्य अरविन्दलाई ३ रनको व्यक्तिगत स्कोरमा एलबीडब्ल्यू धरापमा पारे ।
युएईका युवा ब्याटर अरविन्दले अघिल्लो महिना आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनलमा नेपाललाई हराउन ४६ रनको सानदार पारी खेलेका थिए ।
९.१ ओभरमा सोमपालले तेस्रो विकेट लिने क्रममा अर्का ओपनर मोहम्मद वासिमलाई ज्ञानेन्द्र मल्लबाट क्याचआउट गराए । वासिमले २१ रन बनाए ।
© 2022 Live Nepal News
Designed by : Global Studio