नेपालले पपुवा न्यु गिनीविरूद्धको खेलमा पहिला फिल्डिङ गर्ने
१ चैत २०७८, मङ्गलवार
१ चैत २०७८, मङ्गलवार
नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेटमा पपुवा न्यु गिनीविरूद्धको खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । बुधबार शारजहाँ क्रिकेट मैदानमा टस जितेको पपुवा न्यु गिनीले पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । पीएनजीविरूद्धको खेल सन्दीप लामिछानेको कप्तानीमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा खेल्न लागेको पहिलो खेल हो । सन्दीपको कप्तानीमा नेपालले पहिलो पटक गत महिना ओमानमा ट्वान्टी–२० विश्वकप छनोटमा खेलेको थियो र यूएई भ्रमणबाट त्यसले एकदिवसीय अन्तर्राष्ट्रियमा पनि निरन्तरता पाइरहेको हो ।
नेपालबाट सागर ढकालले एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गर्दैछन् । गत महिना उनले ओमान भ्रमणबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय यात्रा सुरु गरेका थिए । सागर र सन्दीपले नेपालको स्पिन मोर्चा सम्हाल्ने छन् । नेपाली टोलीको प्लेयिङ ११ मा सन्दीप र सागर सहित कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल आसिफ शेख, विनोद भण्डारी, करण केसी र सोमपाल कामी रहेका छन् ।
पपुवा न्यु गिनी लिग २ को पुछारको टोली हो । टोलीले खेलेका सबै १३ खेलमा पराजय भोगेको छ । नेपालले ८ मध्येको चार खेलमा जित र ४ खेलमा हार बेहोरी ७ राष्ट्रसम्मिलित लिग २ को अंक तालिकामा पीएनजीभन्दा माथि मात्र रहेको छ ।
पपुवा न्यु गिनी अघिल्लो दिन यसै शृंखलामा घरेलु टोली यूएईसँग ७ विकेटले पराजित भएको थियो । नेपालले शुक्रबार र सोमबार यूएईसँग दुई खेल खेल्ने छ ।
© 2022 Live Nepal News
Designed by : Global Studio