Monday, 25 September 2023
८ असोज २०८०, सोमवार
राजनीति

ओलि भेट्न दुई मन्त्री बालकोटमा

२९ फागुन २०७८, आइतवार

  एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आफ्नो पार्टीबाट संघीय सरकारमा मन्त्री बनेकाहरू अहिले बालकोट  धाउन थालेको भन्दै आपत्ति प्रकट गरेका छन् । 

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारका केही मन्त्रीहरूबारे पराजुलीले सार्वजनिक रुपमै गम्भीर कुरा उठाएपछि समाजवादीभित्रको विवाद छताछुल्ल भएकोछ । 

बिशेस स्रोतका अनुसार समाजवादीबाट मन्त्री बनेका दुई जना मन्त्री  एमालेमै फर्किने गरी अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमै पुगेर संवाद अघि बढाएका भनि गम्भर आरोप लागेका छन् । 

समाजवादीनिकट स्रोतले एमाले अध्यक्ष ओलीसँग श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ 'किसान' एमालेमै फर्किने गरी छलफलमा जुटेका हुन्। 

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले पनि ओलीसँग संवादमा रहेको दाबी समाजवादी स्रोतले गरेको छ।

यी दुवैजना मन्त्रीहरु एमालेमै फर्किने गरी सूचना पाएपछि समाजवादीको भ्रातृसंगठन अनेरास्ववियूका अध्यक्ष पराजुलीले त्यसलाई सार्वजनिक रुपमै उठाएका छन्।