Monday, 02 October 2023
१५ असोज २०८०, सोमवार
खेलकुद

पिएनजीविरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै

१० चैत २०७८, बिहिवार

काठमाडौं - नेपालले पपुवा न्यु गिनी (पिएनजी) विरुद्धको पहिलो एक दिवसीय खेलमा टस जितेर फिल्डिङ रोजेको छ । पिएनजीविरुद्धको खेलसँगै यु-१९ टोलीका कप्तान देव खनालले सिनियर टोलीबाट डेब्यु गरेका छन् ।  पिएनजी पहिलो पटक नेपाल भ्रमणा आएको हो ।

नेपाल दुई दिनअघि मात्र संयुक्त अरब इमिरेटस (युएई) मा आईसीसी क्रिकेट विश्वकप लिग दुई खेल खेलेर फर्किएको थियो । जहाँ नेपालले युएईविरुद्धको दुवै खेल गुमाएको थियो । पिएनजीविरुद्ध भने नेपाल दुवै खेलमा विजयी रहेको थियो । 

पहिलो खेलमा दुई विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा सात विकेटले विजयी भएको थियो ।

शृंखलाअन्तर्गतको दोस्रो खेल शनिबार हुनेछ । यो शृंखलालगत्तै नेपालले पिएनजी र मलेसिया सम्मेलित त्रिकोणत्मक टी-२० शृंखलाको आयोजना गर्दै छ ।