पाकिस्तान संकटबारे बोल्यो चीन
२३ चैत २०७८, बुधवार
२३ चैत २०७८, बुधवार
काठमाडौं, २३ चैत-पाकिस्तानमा जारी राजनीतिक संकटका बीच चीनले प्रतिक्रिया जनाएको छ । चीनले पाकिस्तानका सबै पार्टी एकजुट रहेर राष्ट्रीय विकास र स्थिरता बनाइ राख्न सक्ने बताएको छ ।
पाकिस्तानको वर्तमान स्थितिबारे सोधिएको प्रश्नमा चीनका विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले यस्तो बताएका हुन् ।
उनले चीनले अर्को देशको घरेलु मामलामा दख्खल दिने सिद्धान्तको पालना गर्ने जनाएको छ । चीन र पाकिस्तानला२ सामरिक सहयोगी देश बताउँदै लिजियानले चीन पाकिस्तानको सम्बन्ध अटूट रहने बताए ।
© 2022 Live Nepal News
Designed by : Global Studio