Monday, 02 October 2023
१५ असोज २०८०, सोमवार
खेलकुद

पाकिस्तानमाथि अष्ट्रेलियाकाे अग्रता

१५ चैत २०७८, मङ्गलवार

काठमाडौं - पाकिस्तान भ्रमणमा रहेको अष्ट्रेलियाले पहिलो एकदिवसीय क्रिकेटमा घरेलु टोलीलाई ८८ रनले पराजित गर्दै तीन एकदिवसीय शृंखलामा १-० को अग्रता बनाएको छ ।

मंगलबार लाहोरमा अष्ट्रेलियाले दिएको ३१४ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४५ ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र २२५ रन बनाउन सक्यो ।

पाकिस्तानका इमाम उल हकले १०३ रनको शतकीय इनिङ खेलेपनि जित दिलाउन त्यो पर्याप्त रहेन । कप्तान बाबर आजमले ५७ रनको योगदान गरे । अष्ट्रेलियाका एडम जाम्पाले ४ तथा मिचेल स्विप्सन र टार्भिस हेडले २-२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्घारित ५० ओभरमा ७ विकेट गुमाएर २१३ रन बनायो । अष्ट्रेलियाका टार्भिस हेडले १०१ रनको शतकीय इनिङ खेले ।

बेन म्याकडेरमोटले ५५ रन, क्यामरुन ग्रीनले  ४० रनको योगदान गरे । पाकिस्तानका हरिस राउफ र जाहिद महोमदले २-२ विकेट लिए।