Monday, 25 September 2023
८ असोज २०८०, सोमवार
राजनीति

पिर लाई लिएर माओबादि नेताहरु सामाजीक संजालमा आक्रोस पोख्दै

२८ फागुन २०७८, शनिवार

प्रकाश सपुतको हिजो  सार्वजनिक म्युजिक भिडियो  ‘पिर ’लाई लिएर  सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरू र बिभिन्न जनबर्गिय संगठनमा प्रमुखहरुले आपत्ति जनाईरहेका छन् । 

उक्त भिडियोमा  एक महिला छापामार गरिबीका कारण देह व्यापारमा संलग्न भएको दृश्य समाबेस गरिएको छ । यसले मुक्तिका लागि लडेका योद्धा महिलाहरुको अपमान गरेको भन्दै माओवादी नेताहरुले युट्युब बाट सो  भिडीयो  तत्काल हटाउन माग गरेका हुन्। माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पंचा सिंहले  पछि माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिाखा’ले पीर गीतको विरोध गरेका हुन्।

 

‘माओवादी जनयुद्द् लड्ने एक महिला छापामारको अभावलाई उनले ‘देह’ व्यापारलाई  जोडेर जसरी चित्रण गरेका छन् त्यो आपत्तिजनक मात्रै होइन दण्डनिय छ’, दीपशिखाले सामाजिक सञ्जालमा लेखेका छन्।  उनले सर्जक सपुतलाई प्रश्न पनि गरेका छन्– अभाव, निराश अनि गरिब महिलाहरूले देह व्यापार नै गर्छन् हो?’ उनको भनाई छ ,ती महिलाले नलडेको भए आज सपुतहरूले स्वतन्त्र रूपमा गीत गाउन  नपाउने कुरा दीपशिाखाले स्मरण गराएका छन्।

त्यसै गरि प्रतिनिधिसभाका साम्सद सुदन किरातिले पनि उक्त गीत प्रति आपत्ति जनाउदै , किरातीले सपुतलाई देशमा अझैँ निरंकुश राजतन्त्र भए संगीत क्षेत्रमा रचनात्मक रुपमा खेल्न पाउनुहुन्थ्यो भन्दै प्रश्न गरेका छन् । यस्तै, सांसद किरातीले राजतन्त्र भइदिएको भए दलित जातिमाथि लादिएको विभेद पनि हट्थ्यो भन्दै  प्रश्न गरेका छन् ।

उता अखिल क्रान्तिकारीका पुर्ब अध्यक्ष रञ्‍जित तामांङ्गले पनि गायक सपुतलाई अरुले उचालेको भरमा नउचालिन र मावोबादी महिला योद्दाहरुको अपमान नगर्न सुझाएका छन्  होइन भने राजनीतिमा आएर  प्रतिस्पर्धा गर्न चुनौती समेत दिएका छन्।