Monday, 02 October 2023
१५ असोज २०८०, सोमवार
राजनीति

पार्टी छाड्ने कार्यकर्ता सग आक्रोसित प्रचण्डले भने एमसीसी फेल गराईए राजिनामा दिन्छु

२८ फागुन २०७८, शनिवार

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयनका क्रममा व्याख्यात्मक घोषणालाई मिनिमाइज नगर्न चेतावनी दिएका छन् । त्यसो गरे सरकार छाडेर आन्दोलनमा जाने अवस्था आउनसक्ने उनले बताए । तर ११ बुँदे व्याख्यात्मक घोषणा संसदले एउटा अंगकै रुपमा स्वीकार गरिसकेकोले त्यसो नहुन सक्छ बरु  समस्याको समाधान त्यहीबाट हुने उनले बताए । 

बिराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘व्याख्यात्मक घोषणालाई कार्यान्वयनका क्रममा मिनिमाइज गरियो भने त्यही विषय भोलि आन्दोलनको विषय हुनसक्छ  हामी चाहन्छौं त्यस्तो नहोस् । व्याख्यात्मक घोषणालाई उचित सम्मानसहित कार्यान्वयनमा जाने विश्वास लिएका छौं ।’यदि कार्यन्यवन  नभएको  खण्डमा सरकार छाडेर आन्दोलनममा जानुपर्ने बाध्यता हुनसक्छ । 

उनका अनुसार व्याख्यात्मक घोषणासहित पास भएको एमसीसीबारे पार्टीमा बहस कायमै छ । आगामी चुनावपछि बस्ने बैठकमा यसबारे छलफल हुने र  एमसिसिको बिषयलाई आबस्यक परे पार्टी भित्र फोरम चलाएर छलफल बहस  अगाडी बढाउँन  सकिन्छ उनले भने। 

त्यो बेला पार्टी भित्रै बाट एमसीसी  फेल भयो भने के गर्नुहुन्छ भन्ने पत्रकारको  प्रश्नमा प्रचण्डको जवाफ थियो , ‘राजीनामा दिन्छु ढुक्क हुनुस् ।’

 

संसदबाट एमसीसी अनुमोदन गरेका कारण पार्टी छाडेका नेता कार्यकर्ताहरु प्रति लक्षित गर्दै उनले भने  एमसीसी पास गरेका कारण पार्टीमा बस्दैनौं भन्नेहरु एमालेमा प्रवेश गरेको भन्दै उनले भने, ‘यो भन्दा विचित्र के हुनसक्छ  ? जानु नि बरु किरण जी, विप्लव जी सग , नभए नारायणमान विजुक्छे कहाँ जानू ।’‘संसदमा एमसीसीको सबभन्दा चर्को विरोध नारायणमान विजुक्छेजीको पार्टीले गर्दै आएको छ त्यहाँ गएको भए त पार्टी छाडेर विरोध गरेको पनि अर्थ हुन्थ्यो नि  उनले थपे ।

तर एमसीसी पास भए देखी  माओबादी केन्द्र भित्र पार्टी र अध्यक्ष प्रति तिब्र असन्तुस्टी प्रकट गर्दै पार्टी छाड्नेको संख्या ठुलो देखिन्छ। एमसीसी संसदबाट अनुमोदनमा पार्टी सहभागि भएपछि माओवादी केन्द्रभित्र तीव्र मतभेद छ। वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको समूह पार्टीबाटै अलग हुने हो कि भन्नेसम्म चर्चा चलेको थियो  ।