पार्टी मनपर्ने बस्छन मन नपर्ने जान्छन ; प्रचण्ड
२७ फागुन २०७८, शुक्रवार
२७ फागुन २०७८, शुक्रवार
माओबादि केन्द्रका अध्यक्ष प्रचण्ड आज नुवाकोट पुगेका छन्।हृदयघात भई निधन भएका तत्कालिन स्थाई कमिटी सदस्य पोस्टबहादुर बोगटीको सालिक अनावरण गर्न नुवाकोट पुगेका प्रचण्डले पत्रकारहरुको प्रश्नको जवाफ दिदै एमसिसिको बिषयलाई लिएर पार्टी छोडी एमालेमा जाने साथीहरु लाई ईंगित गर्दै भने एमालेले जस्ताको तस्तै पास गर्ने भनेको थियो हामीले संसोधन नगरी पास नगर्ने भनेका थियौ, ११ बुंदामा संसोधनाको लागि हामीले संसदबाट पास गराएका छौ अनि माओबादि केन्द्र ठिक कि एमाले आफै बुझ्नु होला। अधिकांस कार्यकर्ताले पार्टी छाडेको घोषणा गरेकाछन नि भन्ने प्रश्नमा प्रचण्डले भने माओबादी केन्द्र मनपर्नेहरु बस्छन मन नपर्नेहरु जान्छन। एमसीसी संसद बाट अनुमोदनमा साथ दिएको भन्दै अधिकांस नेता कार्यकर्ता प्रचण्ड सग रुस्ट देखिएका छन्। प्रदेश संसदहरु नै पार्टी परित्याग गर्ने लहडमा देखिन्छन।
© 2022 Live Nepal News
Designed by : Global Studio