Monday, 02 October 2023
१५ असोज २०८०, सोमवार
राजनीति

प्रतिनिधिसभाको काम भत्ता खाने बाहेक अरु नभएको : ओली

२७ फागुन २०७८, शुक्रवार

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले  नेपाल निजामती कर्मचारी संगठनको ११ औं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै सांसदहरूले भत्ता खानेबाहेक अरु काम नगरेको बताएका छन् संघिय संसद्ले कामै गर्न नसकेको र भत्ता खाने बाहेक अरु काम नै नरहेको उनले बताए। 

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा ओलीले विगतको जनादेश खण्डन भइसकेकाले नयाँ जनादेशमा जानुपर्ने अनिवार्य भएको बताएका छन् । 'संसद्लाई निकम्मा बनाएर अहिलेको जस्तो भत्ता खानेबाहेक के काम गरेको छ पार्लियामेन्टले ?,' उनले प्रश्न गरेका थिए ।

'भत्ता खाने काम गरेको छ । मुद्दा लडेर फिर्ता ल्याएको संसद्ले के काम गर्छ विचरा !

सर्वोच्च अदालतले टिको लगाइदिएकाले सरकार बनाएका के काम गर्छन् विचरा,'

ओलीले  काटाक्ष गर्दै थपे, 'पुरानो जनादेशले काम गरेसम्म काम गर्नुपर्छ  त्यसले काम गरेन भने नयाँ जनादेशका लागि जनतामा जानुपर्छ र ताजा जनादेश ल्याउनुपर्छ ।'

प्रतिनिधिसभालाई ओलीले सरकारमा रहँदा दुई पटक विघटन गरेका थिए । दुवै पटक सर्वोच्च अदालतले प्रतिनिधिसभालाई पुनःस्थापना गरेको थियो । दोस्रोपटकको विघटन पुन:स्थापना गर्ने क्रममा शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।अहिले उही एमालेलेनै संसद अबरुद्द गर्दै आएको छ स्मरण रहोस सम्सद अबरुद्द गरिरहने भत्ता पनि खाईरहने यो एमालेको दोहोरो भूमिका अहिले संसदमा देख्न सकिन्छ। एमालेले आफ्नो पार्टी विभाजित गर्न सभामुखको मुख्य भूमिका देखिएको भन्दै सभामुखको राजिनामा माग र आफ्नो पार्टी बाट अलग भएका १४ जना संसदलाई कार्बाही गर्न माग गर्दै संसद अबरुद्द गर्दै आएको छ।