Monday, 02 October 2023
१५ असोज २०८०, सोमवार
राजनीति

प्रधानन्यायधिस जबरा बिरुद्दको महाअभियोग प्रस्ताब संसद बैठकमा पेश

२८ फागुन २०७८, शनिवार

 प्रतिनिधिसभाको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव पेश भएको छ ।आज बसेको सम्सद बैठकमा प्रमुख प्रतिपक्ष एमालेको बिरोधका बाबाजुद महाअभियोग प्रस्ताब टेबुल भएको छ  । नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले महाअभियोग प्रस्ताव पेश गरेका हुन् । फागुन १ मा  प्रतिनिधिसभाका ९८ सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । सो प्रस्ताव आज  संसद बैठकमा पेश भएको हो ।

 

महाअभियोग प्रस्ताव पेश गर्दै सांसद गुरुङले प्रधानन्यायाधीश जबराले संविधान, कानुन र न्यायिक मूल्य मान्यताविरुद्ध काम गरेको, उनको न्यायिक आचरण र कार्यक्षमतामा  अभाव देखिएको बताए । उनले प्रधानन्यायाधीश जबराले संवैधानिक परिषदको सदस्यको हैसियतमा विभिन्न संवैधानिक निकायमा भाग लिएको र कार्यपालिकामा पनि हिस्सा खोजेको आरोप  लगाए ।सभामुख सापकोटाले महाअभियोग प्रस्तावमाथि आगामी वैठकमा छलफल हुने  बताएका छन्  अब प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते  बस्नेछ ।