रुसी सेना द्वारा १० युक्रेनी नागरिकको हत्या गरेको छ :अमेरिका
३ चैत २०७८, बिहिवार
३ चैत २०७८, बिहिवार
युक्रेनमा आक्रमण गरिरहेको रुसी सेनाले चेर्निभमा ब्रेड लिन लाम लागेका १० युक्रेनीको हत्या गरेको दाबी अमेरिकाले गरेको छ।
युक्रेनको राजधानी किएभमा रहेको अमेरिकी दूतावासले बुधबार ट्विट गर्दै यस्तो दाबी गरेको हो। ‘यस किसिमको भयानक आक्रमण तत्काल रोकियोस्। हामी युक्रेनमा भइरहेको यस किसिमका अत्याचारपूर्ण अपराधलाई जवाफदेही बनाउन उपलब्ध सबै विकल्पबारे विचार गरिरहेका छौं,’ दूतावासको ट्विटमा छ।
युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेनमा रुसी हवाई आक्रमण रोक्न नो फ्लाई जोन लागु गर्न आग्रह गरेका छन्। उनले पश्चिमा मुलुकहरूसँग युक्रेनको स्वतन्त्रताको रक्षाका लागि एयरक्राफ्ट उपलब्ध गराउन पनि आग्रह गरेका छन्। उनले रुसी आक्रमण सामान्य नभई बर्बर भएको बताएका छन्। अमेरिकी कंग्रेसलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। सम्बोधन सुरु गर्नुभन्दा पहिले अमेरिकी सांसदले उठेर जेलेन्स्कीलाई सम्मान गरेका थिए।
© 2022 Live Nepal News
Designed by : Global Studio