रुसी सेनाको हमलामा भासेलकिभको हवाई आधार ध्वस्त
२८ फागुन २०७८, शनिवार
२८ फागुन २०७८, शनिवार
एजेन्सी - रुसी सेनाको रकेट हमलामा भासेलकिभ शहरको एउटा हवाई आधार ध्वस्त भएको स्थानीय मेयरको भनाई उदृत गर्दै इन्टरफ्याक्स युक्रेनले जनाएको छ । रकेट हमलामा हतियारसम्बन्धी डिपो प्रभावित भएको भासेलकिभका मेयरले बताएका छन् ।
रुसी सेनाले युक्रेन हमलालाई तीव्र पारेको छ । अहिले रुसी सेनाले राजधानी किभलाई मुख्य निशाना बनाइरहेको छ । रुसी फौज राजधानी किभबाट केही किलोमिटरको दूरीमा मात्र रहेको प्राप्त विवरणहरुमा जनाइएको छ । रुसी सेनाले राजधानीमा रकेट हमला गरेको छ ।
रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ । रुसी हमलालाई युक्रेनी सेनाले कडा प्रतिकार गरेको छ । हमलाका कारण युक्रेनबाट २० लाख भन्दाबढी मानिस ज्यान जोगाउन विभिन्न देशमा शरण लिएका छन् ।
© 2022 Live Nepal News
Designed by : Global Studio