रुस-युक्रेन युद्दमा तेस्रो मुलुक बाट हस्तक्षप भए तेस्रो बिस्वयुद्द हुने खतरा हुन्छ ; बाइडेन
२७ फागुन २०७८, शुक्रवार
२७ फागुन २०७८, शुक्रवार
अमेरिकी राष्ट्रपति जो बाइडेनले हाल जारि रुस र युक्रेनबीचको युद्धमा तेस्रो पक्ष कसैले हस्तक्षेप गरे तेस्रो विश्वयुद्ध निम्तिने खतरा रहेको बताएका छन्।
बाइडेनले यस किसिमको अवस्था आउन नदिन सबैलाई आग्रह गरेका समेत छन्। शुक्रबार बाइडेनले रुसलाई युक्रेन माथि रासायनिक हतियारको प्रयोग गरे त्यसको परिणाम निकै महंगो हुने चेतावनी पनि दिए।
यद्यपि बाइडेनले रुस–युद्धमा अमेरिका भने सामेल नहुने स्पष्ट पारे। ‘हामी युक्रेनमा रुससँग युद्ध गर्दैनौं, नेटो र रुसको प्रत्यक्ष द्वन्द्वले तेस्रो विश्वयुद्ध निम्त्याउँछ। जसलाई हामीले रोक्नुपर्छ’, बाइडेनले भने।
युक्रेनको छिमेकी मुलुक पोल्याण्डले युक्रेनलाई लडाकु विमान सहयोग गर्न तयार रहेको बताए पनि अमेरिकाले भने उक्त प्रस्ताव अस्वीकार गरिसकेको छ। यो प्रस्तावलाई मान्ने हो भने जुन अर्थ लगाए पनि तेस्रो विश्वयुद्ध सुरु हुने बाइडेनले बताए।
त्यस्तै, अमेरिकाको सहयोगमा युक्रेनले रासायनिक तथा जैविक हतियार बनाइरहेको रुसको आरोप छ। सोही विषयमा छलफलको लागि रुसले राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक बोलाएको थियो।
रुस र युक्रेनले भने रुसको आरोप आधारहीन रहेको र त्यसको बहानामा उसले रासायनिक हतियारको प्रयोग अहिले जारी युद्धमा गर्न खोजेको आरोप लगाएका छन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले के गर्न खोज्दै छ भन्ने कुरा उसको आरोप हेरेर थाहा हुन थालिसकेको बताएका थिए।
तर उसले सोचेको जस्तो सहजै युक्रेनलाई आफ्नो कब्जामा लिन सकेको छैन। त्यसैले अब उसले झन् विध्वंसकारी आक्रमण गर्न सक्ने आशंका बढेको हो। रुसले रासायनिक आक्रमण गर्न सक्ने आशंका बढेको हो। रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको १७ दिन पुगिसकेको छ।
© 2022 Live Nepal News
Designed by : Global Studio