Monday, 25 September 2023
८ असोज २०८०, सोमवार
इतिहास र अनुभूति

रुसले आणविक हतियार प्रयोग गर्न सक्छः पेस्कोभ

८ चैत २०७८, मङ्गलवार

मस्को, ९ चैत-रुसले आणविक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिएको छ । युक्रेन द्वन्द्वको सन्र्दभमा अस्थित्वको खतरा आएमा रुसले आणविक हतियार प्रयोग गर्न सक्ने रुसी प्रशासन क्रेन्द्र क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले चेतावनी दिएका हुन् । पेस्कोभले भने, ‘हामीसँग घरेलु सुरक्षाको अवधारणा छ र यो सार्वजनिक छ । आणविक हतियार प्रयोग गर्न सक्ने सबै कारणहरु पढ्न सक्नुहुन्छ । तसर्थ, हाम्रो देशको अस्तित्वको खतरा भएमा हाम्रो अवधारणा अनुसार यसलाई प्रयोग गर्न सकिन्छ ।’ सीएनएन इन्टरनेसनलसँगको एक अन्तवार्तामा उनले भने । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका सन्दर्भमा आणविक विकल्प प्रयोग गर्दैनन् भन्नेमा ‘विश्वस्त’ हुनुहुन्छ भन्ने सीएननको प्रश्नमा पेस्कोभको सो भनाई आएको हो ।युक्रेन हमलाका क्रममा रुसी सेनाले आम विनाशकारी हतियार प्रयोग गर्न सक्ने अमेरिकी नेतृत्वको पश्चिमा गठबन्धनहरुको त्रास छ । यसअघि पुटिनले राष्ट्रहरू विरुद्ध परमाणु हतियार प्रयोग गर्ने संकेत दिएका थिए ।