राष्ट्रिय पुरुष फुटबल टोलीलाई एनएसजेएफ टिम अफ दि इयर अवार्ड प्रदान
८ चैत २०७८, मङ्गलवार
८ चैत २०७८, मङ्गलवार
नेपाली राष्ट्रिय पुरुष फुटबल टोली एनएसजेएफ टिम अफ दि इयरबाट सम्मानित भएको छ।
नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार वितरण गरेको १८ औँ संस्करणको स्पोर्टस् अवार्डमा फुटबल टोलीले टिम अफ दि इयर अवार्ड पाएको हो।

कोरोना भाइरसको संक्रमणको समयमा गत चैत्रमा घरेलु मैदानमा सम्पन्न थ्री नेसन्स कपमा नेपालले उपाधि दिलाएको थियो। यस्तै कार्तिकमा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो।
दक्षिण एसियाली क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको ३ दशक लामो इतिहासमा हालसम्म ५ पटकसम्म सेमिफाइनलमा पुगे पनि नेपालले फाइनलमा स्थान बनाउन सकेको थिएन।
© 2022 Live Nepal News
Designed by : Global Studio