Sunday, 10 December 2023
२४ मंसिर २०८०, आइतवार
अपराध सुरक्षा

रौतहटको गौर सडकखण्डमा संकास्पद बस्तु भेटियो

२७ फागुन २०७८, शुक्रवार

रौतहटको  गौर सडकखण्डमा शंकास्पद बस्तु भेटिएको छ । सडकखण्ड अन्तर्गत चन्द्रपुर नगरपालिका मोथियाहीस्थित राजमार्गको बीचमा माथिबाट टायल्ले थिचेर कपडाको टालोले बेरेर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो । त्यो संकास्पद बस्तु बम हो या होईन  अहिले सम्म पहिचान भएको छैन। 

 

राजमार्गको बीचमा राखिएको शंकास्पद बस्तु भएको स्थानलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर आवतजावतमा रोक लगाएको छ । सो राजमार्ग भएर गुड्ने सवारीहरूलाई बेतौना हुँदै डाइभर्सन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ज्ञान बहादुर माझीले बताए । 


शंकास्पद वस्तु के हो र कसले राखेको हो नखुलेको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले जानकारी दिए ।  जिल्ला सदरमुकाम गौरबाट नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ जाँदैछ ।