साफ यू -१८ महिला च्याम्पियनशिप खेल्ने टिमको घोषणा सगै आजै भारत जाने
२७ फागुन २०७८, शुक्रवार
२७ फागुन २०७८, शुक्रवार
अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू–१८ महिला च्याम्पियनसिप खेल्ने टोलीको घोषणा गरेको छ।
मार्च १५ देखि भारतको जम्सेदपुरमा हुने प्रतियोगिताको लागि एन्फाले अन्तिम टोलीको टुङ्गो लगाएको हो। उक्त प्रतियोगिताको लागि नेपाली टोली आज शनिबार भारत प्रस्थान गर्दै छ।
यो प्रतियोगितामा नेपाल, भारत र बंगलादेशको टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता डबल राउण्ड रोबिन फरम्याटमा हुनेछ।
अंक तालिकाको शीर्षस्थानमा रहने टोलीले प्रतियोगिताको उपाधि जित्नेछ।
नेपाली महिला फुटबल टोलीः
साबित्री किसान
लिला जोशी
पूजा थापा
सबिना चौधरी
मञ्जु कुमारी खड्का
प्रतीक्षा चौधरी
कुमारी तामाङ
प्रिया बस्नेत
दिव्या यस्माली मगर
दीपा शाही
हिमा रावत
सरस्वती हमाल
प्रीति राई
सुनकला राई
अञ्जली माचामासी
साराह बज्राचार्य
जेनिफर राना
सरिष्मा थापा
सदिपा भोलान
कुसुम खतिवडा
अमिशा कार्की
मनमाया दमाई
गरिमा राई
© 2022 Live Nepal News
Designed by : Global Studio