सुनको मूल्य एक लाख तीन सय रुपैयाँ पुग्यो
७ चैत २०७८, सोमवार
७ चैत २०७८, सोमवार
काठमाडौँ, ८ चैत-सुनको भाउ मंगलबार आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।यसअघि, सोमबार सुन तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार तेजावी सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ ताेकिएकाे छ । चाँदीको भाउ पनि प्रतितोलमा २० रुपैयाँले बढेको छ । सोमबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ९५ रुपैयाँ निर्धारण भएको छ ।
© 2022 Live Nepal News
Designed by : Global Studio