Monday, 02 October 2023
१५ असोज २०८०, सोमवार
अर्थ

सुनको मूल्य एक लाख दुई हजार ८०० रुपैयाँ पुग्यो

२८ फागुन २०७८, शनिवार

काठमाडौँ, २९ फागुन- साताकाे पहिलाे दिन आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको २०० रुपैयाँले बढेर एक लाख दुई हजार ८०० रुपैयाँमा काराेबार भइरहेकेा छ ।

यसअघि, गत साताकाे अन्तिम दिन शुक्रबार सुन तोलाको एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार३०० रुपैयाँ निर्धारण गरिएकाे छ ।  चाँदीको भाउ पनि तोलमा १० रुपैयाँले बढेको छ । शुक्रबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४२५ रुपैयाँमा निर्धारण भएको छ ।