सुनको मूल्य ९९ हजार पाँच सय रुपैयाँ पुग्यो
६ चैत २०७८, आइतवार
६ चैत २०७८, आइतवार
काठमाडौँ, ७ चैत- सुनको भाउ सोमबार ताेलामा तीन सय रुपैयाँले बढेर ९९ हजार पाँच सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतिताेला ९९ हजार पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।
यसअघि,आइतबार सुन तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।साेमबार तेजावी सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ ताेकिएकाे छ । चाँदीको भाउ भने स्थिर छ । आइतबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी साेमबार पनि सोही मूल्यमा निर्धारण भएको छ ।
© 2022 Live Nepal News
Designed by : Global Studio