Monday, 25 September 2023
८ असोज २०८०, सोमवार
अर्थ

सुनको मूल्य ९९ हजार तीन सय रुपैयाँ पुग्यो

१९ चैत २०७८, शनिवार

काठमाडौँ, २० चैत- सुनको भाउ आइतबार चार सय रुपैयाँले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको  ९९ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

यसअघि, शुक्रबार सुन तोलाको ९९  हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । 
 आइतबार तेजावी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने स्थिर रहको छ  । शुक्रबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेकाे महासंघले जनाएकाे छ ।